नेभिगेशन
अन्य

आर्थिक वृद्धि ऋणात्मक हुने खतरा

काठमाडौं । मुलुकमा ३६ वर्षपछि पहिलो पटक आर्थिक वृद्धिदर ऋणात्मक हुने सम्भावना देखिएको छ। सरकारले मंगलबार श्वेतपत्र जारी गरी भारतले नाकाबन्दी चाँडै हटाए चालु आर्थिक वर्षमा २ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको छ । उक्त अनुमान नाकाबन्दी नलम्मिदाको अवस्थाका लागि हो। ‘बन्द हडताल र आपूर्ती प्रणालीमा अवरोध लम्मिदै गए आर्थिक वृद्धिदर थप संकुचन हुने छ,’ श्वेतपत्र जारी गर्दै अर्थमन्त्री विष्णु पौडेलले भने। आर्थिक वर्ष २०३६–३७ मा आर्थिक वृद्धिदर २ प्रतिशतले ऋणात्मक थियो। गएको हप्ता राष्ट्र बैंकले नाकाबन्दीको असर अध्ययन प्रतिवेदनले नाकाबन्दी लम्मिए आर्थिक वृद्धिदर १ प्रतिशतले ऋणात्मक हुने अनुमान गरेको थियो। तत्काल खुलेको अवस्थामा १ दसमलव ७ प्रतिशततको वृद्धिदर हासिल हुने उसको अनुमान छ। भूकम्प र नाकाबन्दीको कारण दशककै सबैभन्दा कम आर्थिक वृद्धिदर हुने देखिएको छ। आर्थिक वर्ष २०६३÷६४ को २ दशमलव ८ प्रतिशतको दशककै न्यून आर्थिक वृद्धिदर हो । सरकारले यसअघि ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्