नेभिगेशन
अन्य

पुराना व्यावसायी बनवारीलाल मित्तलको निधन

काठमाडौं । श्री एयरलाइन्सका अध्यक्ष एंव पुराना व्यवसायी बनवारीलाल मित्तलको आज बिहान एक बजे निधन भएको छ । तीन महिनादेखि अस्वस्थ रहेका मित्तल भारतको मेदान्त अस्पतालमा उपचार गराएर दुईदिन अघि सोमबार मात्र नेपाल फर्किएका थिए । ७९ वर्षका मित्तल काठमाडौंको ज्ञानेश्वर निवासी हुन् । उनका श्रीमती, एक छोरा र दुई छोरी छन् । १६ वर्ष अघि श्री एयरलाइन्स सुरु गरेका मित्तलको श्री एयरलाइन्स नेपालको सबैभन्दा ठूलो हेलिकोप्टर कम्पनी हो । मित्तल नेपाल चेम्बरअफ कर्मसको दुई पटक नेतृत्व सम्हालेका थिए भने नेपाल निर्माण व्यवसायी संघ हालको नेपाल निर्माण व्यवसायी महासंघका संस्थापक अध्यक्ष हुन् । उनी मारबाडी सेवा समिति नेपालको पूर्व अध्यक्ष, नेपाल आँखा अस्पतालको संस्थापक अध्यक्ष, पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्ष, नेपाल उद्योग महासंघ र नेपालब उद्योग परिसंघको कार्यकारी सदस्य भएर काम गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्