नेभिगेशन
अन्य

नेपाल प्रहरीमा आईजीपी–एआईजी मनमुटाव

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका स्रोत व्यक्ति निमन्त्रणाको विषयलाई लिएर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र एआईजी राजेन्द्रसिंह भण्डारीबीच मनमुटाव भएको छ ।आफूखुसी प्रतिष्ठानमा विभिन्न व्यक्तिलाई स्रोत व्यक्तिमा बोलाइएको भन्दै प्रहरी महानिरीक्षक अर्यालले असन्तुष्टि जनाएका छन् । उनले लिखित पत्र पठाउँदै एआईजी भण्डारीलाई पूर्वस्वीकृति लिन निर्देशन दिएका छन् । आईजीपीको निर्देशनले आफ्नो दैनिक कार्यसञ्चालनमा अंकुश लगाएको भन्दै भण्डारी रुष्ट छन् । महानिरीक्षक अर्यालले अपराध अनुसन्धान विभागका प्रमुख सुरेन्द्रबहादुर शाहललाई पनि पत्र लेख्दै संगठनका कतिपय योजनामा पूर्वस्वीकृति लिन भनेका छन् । लामो समयदेखि एआईजीद्वय भण्डारी र शाहले प्रतिष्ठान र अनुसन्धान विभागमा प्रहरी संगठन भित्र र बाहिरका विभिन्न व्यक्तिलाई आमन्त्रण गरि प्रहरीको दक्षता र क्षमता अभिवृद्धि लागि विभिन्न तालिम सञ्चालन गर्दै आएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्