नेभिगेशन
अन्य

मधेशमा आन्दोलन बढ्दै गए सेना

काठमाडौं । सप्तरीमा आन्दोलन थप हिंसात्मक बन्दै गए सेना खटाउनेबारे आइतबारको केन्द्रीय सुरक्षा समितिको बैठकमा सुरक्षा अधिकारीहरूले प्रस्ताव गरेका छन् । पहिलेजस्तै स्थानीय प्रशासन ऐनअनुसार नै सेना खटाउने तयारीमा गृह मन्त्रालयसमेत रहेको स्रोत बताउँछ । गृहमन्त्रीको अध्यक्षतामा शनिबार र आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो । बैठकमा तराईमा आन्दोलन झन् चर्किंदै गएकाले त्यसको सामना गर्न सेना नै खटाउनुपर्ने आवाज उठेको थियो । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्