नेभिगेशन
अन्य

प्रधानमन्त्रीले बोलएको विपक्षीसंगको बैठक निष्कर्षविहिन

काठमाडौं । तराई–मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण मुलुकले भोगिरहेका समस्या समाधानको उपायबारे छलफल गर्न आइतबार साँझ बसेको सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी कांग्रेसबीचको बैठक निष्कर्षविहीन टुंगिएको छ । बैठकमा प्रतिपक्षी कांग्रेसले आफूले यसअघि नै बढाएको संविधान संशोधनसम्बन्धी विधेयकलाई प्रक्रियामा लगे समस्या समाधान हुने सल्लाह दिए पनि कसरी टुंगोमा पुर्‍याउने भन्नेबारे बैठक ठोस निष्कर्षमा पुग्न सकेन । बैठकको सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस आन्दोलन समाधान गर्न चालिएको प्रयास, मधेस आन्दोलनले पारेको प्रभावबारे ब्रिफिङ गर्दै समस्या समाधानका लागि सुझाब मागेका थिए । बंठकमा कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले मधेस समस्या सम्बोधन गर्ने हो भने आफ्नो सरकारका पालामा अगाडि बढेको संविधान संशोधन विधेयकलाई प्रक्रियामा लैजानुपर्ने बताएका थिए । उनको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले ‘त्यसो गर्दा आन्दोलन रोकिन्छ त ? भन्दै प्रश्न गरेको एक सहभागी नेताले बताए । प्रधानमन्त्रीको प्रश्नमा पौडेलले ‘त्यसले वातावरण निर्माण गर्ने’ जवाफ दिएका थिए । तर, के गर्ने भन्ने निष्कर्षमा भने प्रमुख दलका नेताहरू पुग्न सकेनन् । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकमा प्रधानमन्त्रीले मधेस आन्दोलन र नाकाबन्दीले मुलुक ठूलो संकटमा परेको भन्दै सबै दलसँग सुझाब मागेको बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्