नेभिगेशन
अन्य

नाकाबन्दीको धक्का अब पाँच दिन थेग्ने

काठमाडौं । नेपालको अर्थतन्त्रसँग अहिले भारतले लगाएकोजस्तो नाकाबन्दीको धक्का पाँच दिनभन्दा बढी थेग्न सक्ने क्षमता नभएको नेपाल राष्ट्रबैंकले प्रस्ट पारेको छ । राष्ट्र बैंक अनुसन्धान विभागले तयार गरेको प्रतिवेदन अनुसार भारतको अघोषित नाकाबन्दीको कारण अहिले नेपाली अर्थतन्त्र समस्यामा रहेको छ । अर्थतन्त्रका विविध आयमलाई केलाउँदै प्रतिवेदनले आयातमुखी चरित्रका कारण अर्थतन्त्रको क्षमता घटेको र नाकाबन्दी थेग्न नसकेको उल्लेख छ । भारतकेन्द्रित वैदेशिक व्यापार, पेट्रोलियम पूर्ण परनिर्भरता र भारत नाका आश्रित, इन्धनमा परनिर्भरता घटना वैकल्पिक उर्जाको किवास नहुनु, खाद्यान्न, औषधि लगायत अति आवश्यक वस्तु तथा उद्योगको लागि अधिकांश कज्जा पदार्थसमेत भारतबाट आयात गर्नुपर्ने अवस्था रहनुलाई प्रतिवेदनले अर्थतन्त्रको क्षमतामा ह्रास आउनुका कारणको रुपमा औंल्याएको छ । नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्