नेभिगेशन
अन्य

राजमार्गमा निषेधाज्ञाको समय बढ्यो

लाहान । सिरहा प्रशासनले पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाका विभिन्न सडकखण्डमा रातिको समयमा लगाउँदै आएको निषेधाज्ञाको समय बढाएको छ । संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले पूर्वपश्चिम राजमार्गमा धर्ना बसेर रातिको समयमा सञ्चालन हुने यातायातका साधनमा अवरोध पु¥याउन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञाको समय दुई घन्टा थप गरी १२ घन्टा पु¥याएको हो । सिरहाका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विश्वकर्माले राजमार्गमा निर्वाध रुपमा सवारी साधन सञ्चालन गर्न तथा शान्ति सुरक्षा कायम राख्न आइतबारबाट प्रत्येक दिन साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म निषेधाज्ञाको समय थप गरिएको बताए । आन्दोलनरत पक्षको बन्द र विरोधका कार्यक्रम हिंसात्मक बन्न सक्ने भएकाले निषेधाज्ञाको समय थप गरिएको बताउदै प्रजिअ विश्वकर्माले निषेधाज्ञालगाएका क्षेत्रमा यातायातका साधनको आवातजावतमा कुनै अवरोध नपु¥याउन आग्रह गरे । मधेसी मोर्चाको आमहडतालका कारण जिल्लाको शान्ति सुरक्षा कायम राख्न र यातायात सञ्चालनका लागि भन्दै स्थानीय प्रशासनले गत कात्तिक ७ गतेदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानस्थित बलान खोलाको पुलदेखि कमला खोलाको पुलसम्म दायाँ ५०० मिटर र बायाँ ५०० मिटरको क्षेत्रमा प्रत्येक दिन राति ९ बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म निषेधाज्ञा लगाउँदै आएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्