नेभिगेशन
अन्य

प्रहरीले सुरक्षा दिई सवारी साधनलाई गन्तव्यतर्फ पठायो

लहान । संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सप्तरीमा शनिबार राति भएको झडपका कारण पूर्वपश्चिम राजमार्गको विभिन्न स्थानमा रोकिएका सवारी साधनलाई गएराति प्रहरीले सुरक्षा दिएर गन्तव्यतर्फ पठाएको छ । सप्तरीको रुपनी र भारदहमा भएको झडपका क्रममा दुईजना प्रदर्शनकारीको मृत्यु भएपछि पूर्वबाट आएका सवारी साधन सुनसरीको इटहरी, भण्टाबारीमा तथा काठमाडौँबाट आएका सवारी साधन महोत्तरीको बर्दिवास, लालगढलगायतका स्थानमा शनिबार साँझबाट रोकिएका थिए । पूर्वबाट आएका करिब ५०० भन्दा बढी सवारी साधन तथा पश्चिमबाट आएका करिब ४०० भन्दा बढी सवारी साधनलाई गएराति सुरक्षा दिएर गन्तव्यतर्फ पठाइएको इलाका प्रहरी कार्यालय, लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए । पूर्वबाट आएका सवारी साधनलाई कमला नदीको पुलसम्म र पश्चिमबाट आएकालाई बलानखोलाको पुलसम्म पु¥याएको प्रहरी नायब उपरीक्षक चतुर्वेदीले जानकारी दिए । सवारी साधनलाई सुरक्षा दिई लैजाने क्रममा सडक छेउछेउमा बसेका प्रदर्शनकारीहरुले ढुङ्गामुढा गरी सवारी साधनमा तोडफोड गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्