नेभिगेशन
अन्य

अमेरिकी राष्ट्रपति भवन अगाडि नेपालीद्वारा प्रदर्शन

वाशिंगटन । भारतीय नाकाबन्दीको बिरोधमा अमेरिकामा रहेका नेपालीहरुले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस अगाडी प्रदर्शन गरेका छन् । झण्डै तीन हजारको संख्यामा उपस्थित नेपालीहरुले गरेको प्रर्दशन भारतीय नाकाबन्दीको बिरोधमा आयोजित अहिलेसम्मको ठूलो हो । गैरआवासीय नेपाली संघको आह्वानमा गैरआवासीय नेपाली संघ अमेरिका तथा अन्य संस्थाहरुको सहभागितामा यो प्रदर्शन गरिएको हो । आइतबार बिहान अमेरिकाका दुई दर्जन भन्दा ज्यादा राज्यहरुबाट नेपालीहरु वाशिंगटन डिसी डिसीमा एकत्रित भै भारत बिरुद्ध नाराबाजी गरेका थिए । टाढा टाढाबाट आई पुगेका नेपालीहरुले नेपाली झन्डा, भाद गाउँले नेपाली टोपी, बिरोध जनाउने गरि कालै पोशाकमा जुलुसमा सहभागी हुँदै तुल, झन्डा र बिभिन्न नारा लेखेका सामग्री सहित व्हाइट हाउस अगाडी परिक्रमा गरेको थियो । यसको साथै नेपाली राष्ट्रिय गान तथा राष्ट्रिय गीतहरू समेत बजाइएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्