नेभिगेशन
अन्य

संसदभित्र दबावमुलक कार्यक्रम गर्ने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदभित्रै दबावमुलक आन्दोलन सुरु गरेको छ ।कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले संविधान संशोधन विधेयक अघि बढाउन र तराई मधेसमा जारी आन्दोलनको समाधान खोज्न दबाव दिने निर्णय गरेको हो । जस अनुसार आइतबारको संसद बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरुले उठेर विरोध गर्नेछन् । ‘पार्टीको तर्फबाट कार्यबाहक सभापति रामचन्द्र पौडेलले आफ्नो कुरा राख्नु हुन्छ’ सांसद रामकृष्ण यादवले भने । पौडेलले आफ्नो धारणा राखेपछि कांग्रेस सांसदहरु उठेर विरोध गरिरहनेछन् । संसदको बैठकमा चलिरहँदा कुनै पनि सदस्यले उठेर विरोध गरेको अवस्थामा कारबाही अघि बढ्न सक्दैन ।मधेसी मोर्चाले पनि संसद बैठक अवरुद्ध गर्ने बताएको छ । उसले पछिल्ला दुई बटा बैठक पनि अवरुद्ध पारेको थियो ।बैठकमा कांग्रेसले संसदमा बोलेर नै सरकारलाई संविधान संशोधनको विधेयक अघि बढाउन दबाब दिने निर्णय गरेको छ । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले अनुसार सरकारको १ सय दिन नपुग्दै रोस्ट्रम घेर्दा नकारात्मक सन्देश जाने भन्दै रोष्ट्र घेराउ कार्यक्रम तत्काललाई रोकिएको बताए । उनका अनुसार कांग्रेस र अन्य दलहरुसँग मिलेर संसदमा बोलेर नै सरकारलाई दबाब दिने निर्णय कांग्रेसले गरेको छ । शनिबार कांग्रेसका मधेसकेन्द्रित सांसदले प्रधानमन्त्री ओलीले संविधान संशोधन विधेयकलाई अघि बढाउन नचाहेको बताउँदै संसद्को रोस्ट्रम घेराउ गर्नुपर्ने दबाब नेतृत्वलाई दिएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्