नेभिगेशन
अन्य

काठमाडौंमा मिनी क्यासिनो फस्टाउँदै

काठमाडौं । ५ तारे होटलका अधिकांश क्यासिनो बन्द भएपछि राजधानीमा मिनी क्यासिनोहरु फस्टाएका छन् । घर तथा फ्ल्याट भाडामा लिएर गोप्य रुपमा क्यासिनोकै शैलीमा जुवा खेलाउन थालिएको छ । क्यासिनोमा जस्तै पेसेवर रुपमा नै जुवा खेलाइँदै आएको गौशालामा एक घरमा प्रहरीले छापा मारि १७ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले १९ लाख ९४ हजार बरामद गरेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्