नेभिगेशन
अन्य

बंगलादेशबाट ग्यास ल्याउने पहल

काठमाडौं । बंगलादेश नेपाललाई इन्धन निर्यात गर्न सकारात्मक देखिएको छ । बंगलादेशबाट इन्धन ल्याउँदा भारतले अवरोध गर्ने सम्भावना भने कायमै छ । बंगलादेशबाट नेपाल आउने छोटो बाटोका नाका काकडभिट्टामा भारतले अवरोध गरिरहेको छ । अतिकम बिकसित मुलुकको पारवहन अधिकार दिन भारतलाई आग्रह गर्ने सरकारको तयारी छ । ढुवानी गर्दा भारतले अवरोध गरे हवाइजहाजबाट ल्याउन सकिने मन्त्री गणेशमान पुनले बताए । ‘बंगलादेशबाट आयात गर्दा पनि बाटो भारतकै प्रयोग गर्ने हो । सडकबाट ल्याउन नपाए हवाइजहाजबाट ल्याउछौं,’ मन्त्री पुनले भने, ‘त्यसमा पनि अवरोध गरे पारवाहन अधिकार प्रयोग गर्छौं ।’ पारवाहन अधिकार अनुसार तेस्रो मुलुकबाट ढुवानी गरेको सामान भारतले रोक्न मिल्दैन । ‘सन्धी अनुसार रोक्न मिल्दैन । अवरोध गरे अर्को उपाय खोज्छौं,’ मन्त्री पुनले भने । मन्त्रालयका अनुसार बंगलादेशबाट मुख्यतस् खाना पकाउने ग्यास ल्याउने सरकारको योजना छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्