नेभिगेशन
अन्य

राप्रपाको बैधानिक विवाद मिल्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको वैधानिकता विवाद मिलाउने अन्तिम कसरतमा नेताहरु पुगेका छन् । विवादकै कारण वर्तमान सत्तासमिकरण भित्र रहेपनि राप्रपाले मन्त्रीको नाम बुझाउन सकेको थिएन भने करिब २ वर्षदेखि पार्टीको सांगठनिक काम समेत प्रभावित बनेका थिए । पार्टीभित्रका ३ प्रमुख नेताहरु पशुपति शम्सेर जबरा, लोकेन्द्रबहादुर चन्द र प्रकाशचन्द्र लोहनीबीच एकताबद्ध भई अघि बढ्ने निचोडमा पुगेका हुन् । ‘विवाद करिब करिब मिल्यो । अब झिनामसिना विषय मात्रै बाँकी छन् । ती सल्टिदै जानेछन्’, पार्टी प्रवक्ता ठाकुरप्रसाद शर्माले भने । सहमतिका बुँदा उनले खुलाएनन् । पार्टीले बिहीवार पत्रकार सम्मेलन गरी त्यसबारे औपचारिक जानकारी दिने भएको छ । स्रोतका अनुसार यसअघि नै चक्रिय प्रणाली अनुसार प्रमुख नेतालाई नेतृत्वको जिम्मेवारी दिनेमा नेताहरुबीच सहमति भएको हो । तत्कालीन अध्यक्ष सूर्यबहादर थापाले जबरालाई अध्यक्ष बनाएपछि चन्द समूह असन्तोष भई निर्वाचन आयोगमा पुगेको थियो । आफू आधिकारिक भन्दै राणा पनि आयोग पुगेका थिए । ती दुवै उजुरी फिर्ता गरी नयाँ ढंगले अघि बढ्ने सहमति बनेको हो । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्