नेभिगेशन
अन्य

एनआरएनले तीन करोडको औषधि दिने

काठमाडौं । भारतीय नाकाबन्दीका कारण नेपालमा औषधि र उपकरण अभाव हुँदा अस्पतालका अत्यावश्यक सेवा बन्द हुने अवस्था आएपछि गैरआवासीय नेपाली संघ एनआरएनले नेपाललाई तीन करोड रुपैयाँ बराबरका औषधि उपलब्ध गराउने भएको छ। संघले बंगलादेशबाट जीवनरक्षक औषधि खरिद गरेर केही दिनमै नेपाल ल्याउन लागेको हो ।‘देशमा यति ठूलो मानवीय संकट परेको छ । यस्तो बेला हामी चुप लागेर बस्न सक्दैनौं,’ औषधिको व्यवस्था र हस्तान्तरणका लागि अस्ट्रेलियाबाट नेपाल आएका संघका अध्यक्ष शेष घलेले बुधबार भने, ‘त्यसैले सबैभन्दा पहिले जीवन बचाउन औषधि खरिद गरी सरकारलाई दिँदैछौं। आवश्यक परेमा थप सहयोग गर्न तयार छौं।’ नाकाबन्दीका कारण औषधि अभाव भएपछि सरकारले सहयोगका लागि अन्तर्राष्ट्रिय निकायसँग गुहारिरहेका बेला गैरआवासीय नेपाली नै सहयोग गर्न अघि सरेका हुन्। संघले तत्कालका लागि एक महिनासम्म पुग्ने औषधि खरिद गरेको छ । नाकाबन्दीका कारण औषधिको अभाव हुन थालेपछि संघका पदाधिकारीले परराष्ट्रमन्त्री कमल थापा र स्वास्थ्यमन्त्री रामजनम चौधरीलाई भेटी औषधि जुटाउन आफूहरू प्रतिबद्ध रहेको बताएका थिए। त्यसपछि परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अभाव भएका अत्यावश्यक औषधिको विवरण तयार पारी संघलाई बुझाएका थिए। अन्नपुर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्