नेभिगेशन
अन्य

रकडेलमा खुल्यो नेपमार्ट

सिड्नी । प्रवासमा पनि स्वदेशी पहिरनको माग बढ्दै गएपछि अस्ट्रेलियाको भिन्न शहरहरुमा नेपाली पहिरनको ब्यापार पनि बढ्न थालेको छ । चाडबाड र पर्वको नजिक आफ्नै भेषभुषामा सजिएर रमाउने नेपालीहरुको मागलाई ध्यानमा राखेर सिड्नीको रकडेलमा साडी,कुर्ता लगायतका नेपाली पहिरनको सोरुम नेपमार्ट भर्खरै सन्चालनमा आएको छ । म्याग्दी निवास न्यान्सी पुनले तिहारको मुख पारेर नेपमार्ट खोलेकी हुन । nansiयसअघि अनलाइन मार्फत आफ्नो ब्यवसाय गर्दै आएकी न्यान्सीले माग बढ्न थालेपछि यसको शोरुमनै सन्चालनमा ल्याएको बताइन । नेपाली समाज बाक्लीदै गर्दा हाम्रो पहिरनको माग पनि बढेको हुँंदा सहज र सुलभ रुपमा उपलब्ध गराउने उद्देस्यले नेपमार्ट खोलेको न्यान्सीले बताइन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्