नेभिगेशन
अन्य

६ सय ५८ इन्स्पेक्टरको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६ सय ५८ इन्स्पेक्टरको सरुवा गरेको छ । नियमित सरुवाअन्तर्गत प्रधान कार्यालयले एक वर्ष अवधि पुगेका इन्स्पेक्टरको सरुवा गरेको हो । सरुवाको सूचीअनुसार काठमाडौं प्रहरी परिसरमा कार्यरत अनिल अधिकारी इप्रका निजगढ बारामा सरुवा भएका छन् । अभयविक्रम शाह इप्रका बेलहिया रुपन्देही, अभिचन्द्र रिजाल इप्रका रंगेली मोरङ, उद्धवसिंह भाट महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा सरुवा भएका छन् । यस्तै, उमेश जोशीको सरुवा महानगरीय प्रहरी प्रभाग साँखुमा भएको छ भने गोपाल ढकालको इप्रका पथरीया पर्सा, गौरव महतको इप्रका कञ्चनपुर सप्तरी, दीपक कार्कीको इप्रका माडी, दिलीपराज झाको इप्रका लुम्बिनी, नमराज भट्टराईको इप्रका कृष्णनगरमा सरुवा भएको छ । दुई महिनाअघि इन्स्पेक्टरको आधारभूत तालिम पूरा गरेका एक सय २१ जना इन्स्पेक्टरको पनि प्रधान कार्यालयले सरुवा तथा पदस्थापन गरेको छ । दसैँअघि नै उनीहरूलाई काजमा खटाइएको थियो । प्रहरी प्रधान कार्यालयले रिक्त पदहरूमा बढुवाको प्रक्रिया पनि अघि बढाएको छ । तीन एसएसपी, ६ एसपीसहित विभिन्न तहका सयौँ पद रिक्त छन् । गत महिना पाँच हजार १६ दरबन्दी थपिएकाले कतिपयमा बढुवाबाट पदपूर्ति गर्नुपर्नेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्