नेभिगेशन
अन्य

विधान संशोधनका लागि कांग्रेसले माग्यो सुझाब

काठमाडौं । कांग्रेसको १३औँ महाधिवेशनका लागि गठित विधान संशोधन समितिले पार्टीका विभिन्न समितिसँग विधान संशोधनको सुझाब मागेको छ । सोमबार बसेको समितिको बैठकले पार्टीको विद्यमान विधानमा आवश्यक सुझाब दिन पार्टीका जिल्ला, भातृ संस्था, शुभेच्छुक संघ–संस्था तथा विदेशस्थित नेपाली सम्पर्क समितिलाई आग्रह गरेको हो । त्यस्तो सुझाब लिखित रूपमा मंसिर २० गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा आइपुग्नुपर्ने गरी समितिले म्याद तोकेको छ । समितिले कांग्रेसको वर्तमान विधानको अभ्यास र अनुभवका आधारमा सुधार र संशोधनका लागि सुझाब दिन आग्रह गरेको छ । त्यस्तै, राज्य पुनर्संरचनासहितको संविधान जारी भएपछिको व्यवस्था कस्तो हुने भन्नेबारे पनि समितिले सुझाब मागेको छ । ‘संविधानसभाबाट राज्य पुनर्संरचनासहितको संविधान जारी भएको सन्दर्भमा पार्टी विधानमा के–कस्तो व्यवस्था गर्न आवश्यक छ ?’ भन्दै सुझाब मागिएको समितिका एक सदस्य जीवन परियारले जानकारी दिए । बैठकले केन्द्रीय सदस्य जीवन परियारलाई विधान संशोधन समितिको सदस्यसचिव तोकेको छ । नेपाली कांग्रेसले कांग्रेसको केन्द्रीय कार्यसमितिमा पदाधिकारीको संख्या थप्ने÷नथप्ने, पार्टीको संघीय संरचना कस्तो बनाउने, नयाँ संविधानमा भएको राज्यको संरचना अनुसार पार्टीको संगठन कस्तो बनाउने बिषयमा सुझाव मागिएको बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्