नेभिगेशन
अन्य

छठ पर्व सुरु

वीरगन्ज । छठ पर्व आजदेखि विधिवत सुरु भएको छ । विशेष गरेर तराईवासीले कात्तिक शुक्ल चतुर्थीदेखि विधिवत रुपमा सुरु गरी चार दिनसम्म यो पर्व हर्षोल्लासका साथ मनाउँछन् । कात्तिक महिनाको चौथीदेखि व्रतालु भई यो पर्व मनाउन सुरु गरिन्छ र सप्तमीको बिहान यो पर्वको समापन गरिन्छ । छठ पर्वको पहिलोे दिन आज व्रतालुहरुले खोला, नाला, नदी, पोखरी र तलाव लगायतका जलाशयमा गई नुहाईधुवाई गरेर माछामासु, लसुन, प्याज, कोदो, मसुर जस्ता वस्तु परित्याग गर्छन् । पञ्चमी तिथि दोस्रो दिन लाई खरना, संरक्षण अर्थात् पापको क्षय भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन व्रतालुहरु दिनभरि निर्जला व्रत बस्छन् र साँझ पख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पुजा कोठामा नयाँ चुल्हो स्थापना गरी प्रसाद बनाउने गरिन्छ । मङ्गलबार अस्ताउंदो र बुधवार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन गरिने छ । दसैं जस्तै छठ पर्व वर्षमा दुई पटक मनाइन्छ । कात्तिक र चैत महिनाको शुक्ल पक्षमा मनाइने यो पर्व पारिवारिक सुख, समृद्धि, पुत्र प्राप्ति र मनोकामना पूर्तिका लागि व्रतालुहरु व्रत लिन्छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्