नेभिगेशन
अन्य

मधेसी मोर्चासँग औपचारिक वार्ता आज

काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्पको उच्चस्तरीय राजनीतिक संयन्त्र र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज औपचारिक वार्ता हुँदै छ । शनिबारको छलफल सकारात्मक भएकाले आइतबार औपचारिक वार्ता हुन लागेको प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिए । औपचारिक वार्ता गर्ने सहमति बने पनि मधेसमा कति प्रदेश बनाउने भन्नेबारेमा सहमति नभएको उनको भनाइ छ । मधेसी मोर्चासँग आज दिउँसो ३ बजे वार्ता गर्ने तयारी छ । वार्तामा प्रमुख विपक्षी दल कांग्रेसका नेताहरू पनि सहभागी हुने भएका छन् । वार्तामा आफ्नो धारण प्रस्ट राख्न कांग्रेस पदाधिकारी बैठक अहिले बिहान ९ बजे बस्दै छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्