नेभिगेशन
अन्य

भारतद्वारा नाकाबन्दी खुकुलो पार्ने संकेत

काठमाडौं । भारतले नाकाबन्दी खुकुलो पार्ने संकेत गरेको छ । अन्तर्राष्ट्रिय समुदायले समेत नेपलको नाकाबन्दीबारे चासो दिन थालेपछि भारतबाट यस्तो संकेत आएको हो । प्रधानमन्त्री केपी ओलीले साँझ बालुवाटारमा केही मन्त्री र सचिवहरुसँग गरेको छलफलमा नाकाबन्दी खुकुलो पार्ने संकेत आएको जानकारी दिएका छन् । भारतको विदेश मन्त्रालयमार्फत नै यस्तो संकेत प्राप्त भएको स्रोतले बताएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्