नेभिगेशन
अन्य

जहाजलाई बाँडिचुँडी तेल

काठमाडौं । भारतीय नाकाबन्दीले इन्धनको अभाव भएपछि नेपाल आयल निगमले सोमबारदेखि आन्तरिक उडानमा रहेका वायु सेवा कम्पनीलाई उडान र जहाज संख्याका आधारमा हवाइ इन्धन भागबन्डा गरी बिक्री गर्ने भएको छ । वायु सेवा संचालक संघ र निगमबीच भएको छलफलपछि उपलब्ध इन्धनलाई बाँडिचुँडि वितरण गर्ने निर्णय गरेको हो । संघका कार्यकारी निर्देशक कमलेशकुमार बर्माका अनुसार आठ विमान भएको बुद्धलाई १२ हजार, ७ जहाज भएको यतिलाई १० हजार र एउटा मात्र जहाज भएको सौर्यै र ३ वटा विमान भएको सिम्रिकलाई २५ सय लिटर मात्रै उपलब्ध गराइने छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्