नेभिगेशन
अन्य

कालो अर्थतन्त्र मौलाउँदै, सरकार निरीह

काठमाडौं । मधेस आन्दोलन तथा नाकाबन्दीको फाइदा उठाएर उपभोग्य सामग्री कालोबजारी गर्ने क्रमसँगै कालो अर्थतन्त्र मौलाउन थालेको भन्दै अर्थविदहरूले चिन्ता व्यक्त गरेका छन्। अर्थविदहरूका अनुसार अर्थतन्त्रका संरचनागत र सरकारका विभिन्न कमजोरी तथा बजारको परम्परागत चरित्रका कारण नेपालको अर्थतन्त्रजत्तिकै आकारको अर्को छाया अर्थतन्त्र पनि देशमा छ। अपराध, भ्रष्टाचार, कालोबजार र तस्करी जस्ता गैरकानुनी क्रियाकलापजन्य आम्दानीलाई कालो अर्थात छाया अर्थतन्त्र भनिन्छ। भारतले डेढ महिनादेखि लगाएको नाकाबन्दी र तीन महिनादेखि तराई–मधेसमा जारी आन्दोलनका कारण बढेको तस्करी र कालोबजारीले कालो अर्थतन्त्रलाई बढावा पुगेको छ। पूर्व अर्थसचिव रामेश्वर खनालले अभावका नाममा हाल कालो अर्थतन्त्र मौलाउँदै गएको जनाउँदै यसबाट दीर्घकालमा अर्थतन्त्रमा ठूलो समस्या देखा पर्ने बताए। अर्थतन्त्र विस्तारै सरकारको हातबाट कालोबजारी र अपराधीको हातमा जान लागेकोमा उनले चिन्ता व्यक्त गरेका छन्। अर्थ सचिव सुमन शर्माका अनुसार बजारमा माग बढेको र आपूर्ति कम भएका कारण उपभोक्ताले धेरै मूल्य तिरेर सामान किन्नुपरिरहेको छ जसका कारण कालोबजारी मौलाएको हो। ‘यो ट्रेन्ड बढ्दै गए अपराधीको हातमा अर्थतन्त्र पुग्ने खतरा बढ्छ,’ शर्माले भने, ‘त्यसैले अर्थतन्त्र संकटग्रस्त हुने सम्भावना छ।’ केन्द्र्रीय तथ्यांक विभागका अनुसार नेपालको अर्थतन्त्रको आकार २१ खर्ब बराबरको छ। ‘तर, त्यतिकै आकारको समानान्तर अर्थतन्त्र पनि छ,’ अर्थशास्त्री मदनकुमार दाहालले भने, ‘यसरी समानान्तर अर्थतन्त्र मौलाउँदै जाँदा सरकारले संकटकाल घोषणा गर्नुपर्छ।’ अर्थशास्त्रीका अनुसार कालो अर्थतन्त्र नै समानान्तर अर्थतन्त्र हो, जसमा सरकारको हात हुँदैन। अर्थशास्त्री दाहाल नेपाल ‘बनाना रिपब्लिक’ मै बदलिएको बताउँछन्। सरकार निरीह र अझै एउटा मुलुकमा पूर्ण रूपमा आश्रित भएकाले पनि अर्थतन्त्रमा ठूलो दुर्घटना हुन सक्ने दाहालको बुझाइ छ। नागरिक दैनिकमा समाचार छ ।कालो अर्थतन्त्र मौलाउँदै, सरकार निरीह काठमाडौं । मधेस आन्दोलन तथा नाकाबन्दीको फाइदा उठाएर उपभोग्य सामग्री कालोबजारी गर्ने क्रमसँगै कालो अर्थतन्त्र मौलाउन थालेको भन्दै अर्थविदहरूले चिन्ता व्यक्त गरेका छन्। अर्थविदहरूका अनुसार अर्थतन्त्रका संरचनागत र सरकारका विभिन्न कमजोरी तथा बजारको परम्परागत चरित्रका कारण नेपालको अर्थतन्त्रजत्तिकै आकारको अर्को छाया अर्थतन्त्र पनि देशमा छ। अपराध, भ्रष्टाचार, कालोबजार र तस्करी जस्ता गैरकानुनी क्रियाकलापजन्य आम्दानीलाई कालो अर्थात छाया अर्थतन्त्र भनिन्छ। भारतले डेढ महिनादेखि लगाएको नाकाबन्दी र तीन महिनादेखि तराई–मधेसमा जारी आन्दोलनका कारण बढेको तस्करी र कालोबजारीले कालो अर्थतन्त्रलाई बढावा पुगेको छ। पूर्व अर्थसचिव रामेश्वर खनालले अभावका नाममा हाल कालो अर्थतन्त्र मौलाउँदै गएको जनाउँदै यसबाट दीर्घकालमा अर्थतन्त्रमा ठूलो समस्या देखा पर्ने बताए। अर्थतन्त्र विस्तारै सरकारको हातबाट कालोबजारी र अपराधीको हातमा जान लागेकोमा उनले चिन्ता व्यक्त गरेका छन्। अर्थ सचिव सुमन शर्माका अनुसार बजारमा माग बढेको र आपूर्ति कम भएका कारण उपभोक्ताले धेरै मूल्य तिरेर सामान किन्नुपरिरहेको छ जसका कारण कालोबजारी मौलाएको हो। ‘यो ट्रेन्ड बढ्दै गए अपराधीको हातमा अर्थतन्त्र पुग्ने खतरा बढ्छ,’ शर्माले भने, ‘त्यसैले अर्थतन्त्र संकटग्रस्त हुने सम्भावना छ।’ केन्द्र्रीय तथ्यांक विभागका अनुसार नेपालको अर्थतन्त्रको आकार २१ खर्ब बराबरको छ। ‘तर, त्यतिकै आकारको समानान्तर अर्थतन्त्र पनि छ,’ अर्थशास्त्री मदनकुमार दाहालले भने, ‘यसरी समानान्तर अर्थतन्त्र मौलाउँदै जाँदा सरकारले संकटकाल घोषणा गर्नुपर्छ।’ अर्थशास्त्रीका अनुसार कालो अर्थतन्त्र नै समानान्तर अर्थतन्त्र हो, जसमा सरकारको हात हुँदैन। अर्थशास्त्री दाहाल नेपाल ‘बनाना रिपब्लिक’ मै बदलिएको बताउँछन्। सरकार निरीह र अझै एउटा मुलुकमा पूर्ण रूपमा आश्रित भएकाले पनि अर्थतन्त्रमा ठूलो दुर्घटना हुन सक्ने दाहालको बुझाइ छ। नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्