नेभिगेशन
अन्य

आयल निगमले आजबाट ३ दिन नीजि सवारीलाई इन्धन बाड्दै

काठमाडौं । नीजि सवारी साधनलाई लट अनुसार इन्धन नेपाल आयल निगमले आज बिहान १० बजेदेखि नीजि सवारी साधनलाई इन्धन बितरण गर्दैछ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण इन्धनको चर्को संकट भएपछि निगमले चीनबाट अनुदानमा ल्याएको पेट्रोल आजदेखि ३ दिनसम्म राजधानीका ५० वटा पम्पबाट लट अनुसार बितरण गर्न लागेको हो । जसअनुसार १ देखि ३० लटमा दर्ता भएका निजी मोटरसाइकल र १ देखि ५ लटका कारले आज पेट्रोल किन्न पाउनेछन् । यस्तै भोली ३० देखि ५० को लटमा दर्ता भएका मोटरसाइकल र ६ देखि ८ लटका कारको पालो आउनेछ । पर्र्सी शनिबार ५० भन्दा माथिका लटका मोटरसाइकल र ८ लट भन्दा माथिका कारलाई पेट्रोल बितरण गरिने निगमले जनाएको छ । कारले १० तथा मोटरसाइकलले ५ लिटर पेट्रोल पाउनेछन् । निगमका अनुसार, इन्धनका लागि लाइनमा बसेर सवारीधनीले अनिवार्य रुपमा सम्वन्धित पम्पबाट टोकन समेत लिनु पर्नेछ । यसअघिका गरिएको बितरणमा उपभोक्ताले लाइनमा बसेर पनि पेट्रोल नपाएको गुनासो आएपछि निगमले यसपटक अनिवार्य रुपमा टोकन बाँड्न पम्पहरुलाई निर्देशन दिएको हो । इन्धन लिन राजधानीका पट्रोलपम्पहरुमा हिजोदेखि नै लामो लाइन लागेको छ । यसैबीच राजधानीमा सुरु गरिएको आधा सिलिण्डर ग्यास बितरण प्रणाली अस्तव्यस्त देखिएको छ । उपभोक्तालाई डिलरबाटमात्रै ग्यास विक्रि गर्ने भनिएपनि सिधै उद्योगहरुबाट ग्यास बिक्री भैरहेको छ । डिपोमा पालो पर्खिएका अधिकांश उपभोक्ता लामो पखाईपछि पनि ग्यास पाउन नसक्दा निराश बनेका छन् । ग्यास बितरण प्रभावकारी नभएकोबारे जिम्मेवार निकायहरु एकअर्कामाथि आरोप प्रत्यारोप गरिरहेका छन् । ग्यास उद्योगीहरुको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताहरु उद्योगमा नै आएर लाईन बसेका कारण डिलरसम्म पु¥याउन कठिन भएको बताएको छ । डिलरसम्म ग्यास पु¥याउन सरकारले प्रभावकारी सुरक्षा प्रवन्ध मिलाउनुपर्ने संघको भनाई छ । यता ग्यास बिक्रेता महासंघले भने उद्योगीहरुको नाफाखोरी प्रवृत्तिका कारण उपभोक्ताले सास्ती खेप्नुपरेको आरोप लगाएको छ । महासंघका महासचिव चन्द्र थापाले सरकारले सुरक्षा दिन्छु भन्दा पनि उद्योगीहरुले डिलरसम्म ग्यास पु¥याउन नचाहेको बताए । थापाले भने–‘डिलरसम्म ग्यास पु¥याए उद्योगीहरुले राताराता ठुलठुला होटल रेष्टुरेन्टलाई ग्यास दिन सक्दैनन्, भनेजस्तो नाफामा बेच्न पाउँदैनन्, त्यसैले उनिहरुले डिलरसम्म पु¥याउनै चाहेका छैनन् ।’ थापाले ग्यास वितरणको अनुगमनमा सरकार गम्भीर बन्नुपर्ने बताए । यता, सरकारले भने अनुगमनमा तिब्रता दिएको जनाएको छ । उपत्यकामा ग्यासको चरम अभावपछि सुरु गरिएको ७ दशमलव १ किलो ग्यास बितरणमा उद्योगीले मनोमानी गरेपछि कन्ट्रोल रुम स्थापना गरि सक्रिय बनाइएको आयल निगमले जनाएको छ । निगमले आफ्नो नजिक कहाँ ग्यास वितरण भइरहेको छ भन्ने जानकारी लिन ४२६२५८६ नम्बरमा फोन गर्न उपभोक्ताहरुलाई आग्रह गरेको छ । खाना पकाउने ग्यासको चरम अभाव भएपछि निगमले उद्योगीहरुलाई १४ दशमलव २ किलो सट्टा आधा अर्थात ७ दशमलव १ किलो ग्यास बितरण गर्न अनुमति दिएपछि गत शनिबारदेखि त्यसै अनुसार विक्रि सुरु गरिएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्