नेभिगेशन
अन्य

जहाज किन्न निगमलाई चिनियाँ दबाब

काठमाडौं । नेपाल वायु सेवा निगमलाई पूर्व संझौता बमोजिम थप जहाज खरिदका लागि चिनियाँ सरकारले दबाब दिएको छ । हाल संचालनमा रहेका जहाजको पर्फमेन्स चित्तबुझ्दो नभएकाले नयाँ जहाज खरिद नगर्ने मनस्थितिमा पुगेको निगमलाई थप ४ जहाज खरिद गर्ने प्रक्रिया अघि बढाउन चिनियाँ पक्षले दबाब दिएको हो ।सरकारी स्वामित्वको जहाज निर्मात कम्पनी एभिक इन्टरनेसनल होल्डिङले निगमका अधिकांश माग पूरा गरेको भन्दै उसले सरकारी संझौताअनुसार खरिद प्रक्रिया अघि बढाउन भनिरहेको छ । कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्