नेभिगेशन
अन्य

एमालेभित्र कुर्सीको हानथापले मन्त्रीमण्डल बिस्तारमा ढिलाई

काठमाडौं । प्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र शीर्ष नेताहरुसँग सरकार गठन हुनुपूर्व गरेको भद्र सहमति तोडेको भन्दै नेताहरु रुष्ट बनेका छन् । पार्टीको नवौं महाधिवेशन हुनुपूर्व सरकार गठनमा नेताहरुसँग गरेको भद्रसहमति कार्यान्वयन नगरेको आरोप ओलीमाथि लागेको छ । महाधिवेशनमा ओली र माधव नेपालबीच प्रतिष्प्रर्धा भएपछि निर्णायक भूमिका वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले निर्वाह गरेका थिए । अध्यक्ष ओलीले वरिष्ठ नेता खनाललाई पार्टीले राष्ट्रपतिको लागि अघि सार्ने र कार्यबहाक बामदेव गौतमलाई दिने भदै सहमित गरेको गौतम निकटको दाबी छ । ओली प्रधानमन्त्री बनेपछि पार्टीको कार्यवहाक को बन्ने भन्ने दौड पनि शुरु भइसकेको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्