नेभिगेशन
अन्य

बाबुराम निकटका ४५ जनाले एमाओवादी छोडे डेढ महिनाभित्र नयाँ पार्टी घोषणा, मंसिर ४ मा तयारी भेला

काठमाडौं । एमाओवादी स्थायी कमिटी, पोलिट्ब्युरो, केन्द्रीय समिति र केन्द्रीय सल्लाहकार समितिमा आवद्ध ४५ सदस्यले पार्टी छाड्ने तयारी गरेका छन् । पेरिसडाँडास्थित मूख्यालयमा आज दिउँसो नेताहरु देवेन्द्र पौडेल, गंगा श्रेष्ठ, रामकुमार शर्मा, कुमार पौडेल, रामरिझन यादव र घनश्याम यादवले अध्यक्ष पुष्पकमल दाहालको नाममा ४५ जनाको हस्ताक्षरसहितको चिठी बुझाए । एमाओवादी केन्द्रीय कार्यालयका प्रमुख सचिव हितराज पाण्डेमार्फत् चिठी बुझाउने सबै नेता बाबुराम भट्टराई निकट मानिन्छन् । नयाँ शक्ति निर्माणको बहस अघि बढाउँदै आएका भट्टराईले असोज ९ गते नै एमाओवादी परित्याग गरिसकेका छन् । सानेपास्थित भट्टराई निवासमा हिजो बिहान ११ बजेदेखि साँझ सात बजेसम्म बसेको ती ४५ नेताहरुको आकस्मिक बैठकले नयाँ पार्टी निर्माणका लागि एमाओवादी परित्याग गर्ने निर्णय गरेको थियो । डेढ महिनाभित्र नयाँ राजनीतिक दलको घोषणा भइसक्ने उच्च स्रोतले जानकारी दिएको छ । त्यसका लागि उनीहरुले मंसिर ४ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछन् । उक्त निर्णय हाल सार्वजनिक नगरिए पनि एमाओवादीभित्र नयाँ बहस अघि बढाउन पाउनुपर्ने माग गर्दै दाहालको नाममा चिठी लेखिएको उच्च स्रोतले बतायो । ‘बदलिँदो परिस्थितिलाई एमाओवादीले आत्मसात् गर्न नसकेकाले हामी वैकल्पिक नयाँ राजनीतिक शक्ति बनाउन हस्ताक्षर बुझाएका हौं,’ एमाओवादी पोलिट्ब्युरोमा रहेका रामकुमार शर्माले भने, ‘यो छिट्टै भविष्यमा नयाँ पार्टी बनाउने अभियान नै हो । अहिले पार्टीभित्र बसेर अभियान अघि बढाउँछौं ।’ मंसिर ४ गतेको भेलामा केन्द्रीय स्तरमा ‘नयाँ शक्ति निर्माण प्रचारक अभियन्ता’ को संरचना घोषणा हुने बताइएको छ । त्यो संरचनाले डेढ महिने राष्ट्रव्यापी चलाउने निर्णय भएको छ । ‘हामी जिल्ला, नगर हुँदै गाँउ तहसम्मै पुग्ने योजनामा छौं,’ एमाओवादी पोलिट्ब्युरोमा रहेका अर्का नेताले खुलाए । जततउस्ररदष्त।थिरज्ञच्चब्म्वख्
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्