नेभिगेशन
अन्य

रसुवामा बस दुर्घटनामा मृत्यु हुने ३० पुगे

धुन्चे । रसुवामा मंगलबार भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुगेको छ । मृतकमध्ये एक बालकसहित १८ पुरुष र १२ जना महिला छन् । काठमाडौंबाट रसुवाको चिलिमेतर्फ जाँदै गरेको ना ३ ख ५७०६ नम्बरको यात्रुवाहक बस रसुवाको राम्चे गाविसमा १२ स् ४५ मा दुर्घटनाग्रस्त भएको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार दुर्घटनामा २५ जना घाइते भएका छन् । उनले बसमा ७० भन्दा बढी यात्रु रहेको जानकारी दिए । बस सडकबाट डेढ सय मिटर तल खसेको थियो । घाइतेहरुलाई धुन्चे र त्रिशुली अस्पताल पुर्‍याइएको छ । उनले भने, ‘भिरबाट शव निकालेर सडकमा ल्याइ जम्मा गरेका छौं । आफन्तहरु पत्ता लगाएर बुझाउँछौं ।’ झण्डै चालीस यात्रु चढेको बस दिउँसो साढे १२ बजे राम्चे गाविस ४ ग्राङ भन्ने स्थानमा दुर्घटना भएको थियो । बस सडकबाट झण्डै २ सय मिटर तल खसेको छ । बस टुक्रा–टुक्रा परेको छ । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । गम्भीर घाइतेहरुलाई उपचारका लागि एम्बुलेन्समार्फत् काठमाडौं तर्फ पठाइएको छ । सामान्य घाइतेहरुको जिल्ला अस्पताल धुन्चेमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।घटनास्थलमा डिएसपी अवदेश विष्ट नेतृत्वको टोली उद्धारमा खटिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्