नेभिगेशन
अन्य

आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई २० वर्ष कैद

काठमाडौं । आफ्नै छ वर्षीया नाबालिका छोरीलाई बलत्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका ताप्लेजुङ नगरपालिका–१ का ३५ बर्षे बाबुलाई जिल्ला अदालत ताप्लेजुङले दोषी ठहर गर्दै २० वर्ष कैद हुने फैसला सुनाएको छ। सोमबार जिल्ला अदालतले गएको असोज ३ गतेबाट प्रारम्भ भएको नेपालको संबिधान २०७२ अनुसार अनाथ तथा असहाय वालबालिकाको संरक्षण राज्यको दायित्व भित्र पर्ने भन्दै यो घटनाबाट पीडित बालिकासहित उनका दुईजना भाई र बहिनीको संरक्षणका लागि सरकारको ध्यानाकृष्ट गराएको छ । बालिकाको बयान र उनको स्वास्थ्य परीक्षण समेतबाट बालिका पीडित भएको देखिन आएको भन्दै जिल्ला न्यायधिस अशोककुमार बस्नेतको ईजलासले मुलुकी ऐनको जबरजस्ती करणीको महलको ३९१० बमोजिम पीडक बाबुलाई दशबर्ष तथा तथा हाडनाता करणी समेतको थप दश वर्ष गरी कुल २० वर्ष कैद सजाय हुने फैसला सुनाएको हो। नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्