नेभिगेशन
अन्य

भट्टराईका समर्थक एमाओवादीबाट अलग

काठमाडौं । बाबुराम भट्टराईलाई समर्थन गर्ने नेताहरुले एमाओवादीबाट आफूहरु अलग भएको घोषणा गरेका छन् । भट्टराई निवास सानेपामा दिनभरको छलफलपछि उनीहरुले त्यस्तो घोषणा गरेका हुन् । उनीहरुले मंगलबार एमाओवादी केन्द्रीय कार्यालयमा आफूहरु सो पार्टीबाट अलग भएको घोषणासहितको सामूहिक पत्र बुझाउने निधो गरेका छन् । नेताहरु देबेन्द्र पौडेल, हिसिला यमी, नवराज सुवेदी, रामचन्द्र झा, वामदेव क्षेत्री , महेन्द्र पाुवान, भक्तबहादुर शाह, गंगा श्रेष्ठ, कुमार पौडेल, रामरिझन यादव, प्रभु साह, खिमलाल देवकोटालगायत ५० भन्दा बढीले एमाओवादीबाट अलग हुने तयारीमा छन् । नयाँ शक्ति अभियानका नामबाट संगठन विस्तार गरेर दुई महिनापछि मात्रै नयाँ पार्टी घोषणा गर्ने तयारी गर्न लागिएको नेता कुमार पौडेलले बताए । ५० जनाभन्दा बढीले एमाओवादीबाट अलग भएको घोषणा गर्ने जानकारी पनि पौडेलले दिए। भट्टराईलाई समर्थन गर्ने एमाओवादीका केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य र सल्लाहकारहरू सहभागी रहेको बैठकले पुरानो पार्टीबाट सम्बन्धविच्छेद गरी नयाँ शक्ति अभियान मुलुकभर सञ्चालन गर्ने निर्णय गरेको नेता पौडेलले बताए। उनका अनुसार दुई महिनाभित्रै नयाँ पार्टी गठन हुनेछ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्