नेभिगेशन
अन्य

सरकार र मधेशी मोर्चा दूरी बढ्यो

काठमाडौं । ८० दिनदेखि मधेसमा जारी आन्दोलन सम्बोधन गर्न आइतबार सरकारी वार्ता टोली पहिलोपटक गम्भीर देखिएको थियो । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि आफ्ना अडानहरूमा लचकता देखाउने छनक दिएको थियो । राजधानीस्थित संघीय समाजवादी फोरम कार्यालयबाट निस्कँदा सरकार–मोर्चा दुवै पक्षका नेता प्रफुल्ल मुद्रामा थिए । वार्ताको माहोल बनेको दुवै पक्षको ठहर थियो । तर, स्थिति भडकन १० घण्टा पनि लागेन । सोमबार बिहान ६ नबज्दै वीरगन्जका केही रेडियोले मधेसी मोर्चाका स्थानीय नेताको ‘अपिल’ बजाउन सुरु गरिसकेका थिए । बिहान साढे ४ बजेदेखि नेपाल–भारत सीमानाकास्थित मितेरी पुलबाट सुरक्षाकर्मीले आन्दोलनकारीलाई हटाएको भन्दै नेताहरू जनतालाई सडकमा आउन भनिरहेका थिए । नभन्दै दिउँसो दंगा भइहाल्यो । प्रहरीको गोलीले एक भारतीय युवा मारिए । थुप्रै घाइते भएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्