नेभिगेशन
अन्य

कांग्रेस केन्द्रीय समितिको बैठक आजपनि जारी

काठमाडौं । नेपाली कांग्रेसको आइतबारदेखि जारी केन्द्रीय समितिको बैठकमा महाधिवेशनको तयारीका लागि बिभिन्न तयारी समिति बनाएपछि भावि रणनीति तथा पार्टी सरकारमा रहेको समयको बारेमा समिक्षा हुँदैछ । बैठक आज पनि जारी छ । आज बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । यसअघि सोमबार भएको छलफलमा केन्द्रीय समितिका अधिकांस नेताहरुले प्रधानमन्त्री, राष्ट्रपतिलगायतका पदमा कांग्रेसले दिएको उम्मेदवारीका विषयमा मिश्रित धारणा राखेका थिए । बैठकमा कतिपय केन्द्रीय सदस्यले कांग्रेसले बिना तयारी प्रधानमन्त्री, राष्ट्रपतिलगायत पदमा उम्मेदवारी दिएर ठूलो गल्ती गरेको र यसमा गम्भीर समीक्षा गर्नुपर्ने धारणा राखेका छन् । उनीहरुले सरकारका उच्च पद गुमाएर कांग्रेसलाई क्षति भएको तर्क राखेका छन् । बैठकमा आसन्न १३औँ महाधिवेशन तयारीका सम्बन्धमा समेत छलफल भएको थियो । यसबाहेक केही केन्द्रीय सदस्यहरुले तराई–मधेसको आन्दोलनलाई गम्भीररुपमा लिएर सम्बोधन गर्न काँग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा राखेका छन् । आइतबारबाट सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री, राष्ट्रपतिलगायतका पदमा कांग्रेसले दिएको उम्मेदवारी सम्बन्धमा तीन शीर्ष नेताको आधिकारिक धारणा माग गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्