काठमाडौं । म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडी तथा प्रशिक्षकको बयान सकिएको छ । बयान फेर्दे पाँचैजनाले म्याच फिक्सिङको संलग्नता अस्वीकार गरेका छन्। यसअघिको बयानमा उनीहरुले मिलेमतोमा खेलेको र त्यसवापत प्रसा लिएको बयान दिएको प्रहरी स्रोतले बतायो । तर लिखित बयानका क्रममा उनीहरुले पैसा लिएर पनि मिलेमतोमा नखेलेको बताएका छन् । चिनजानका आधारमा विदेशी साथीहरुलाई आफूलाई रकम पठाएको उनीहरुले बताएका छन् । बुकीबाट प्रसा लिएको कागजपत्रलाई प्रहरीले सबैभन्दा बलियो प्रमाण मानेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।