नेभिगेशन
अन्य

उपराष्ट्रपतिको सपथग्रहण

काठमाडौं । संघीय गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिमा नन्दबहादुर पुनले आइतबार पद तथा गोपनीयताको सपथ लिँदैछन् । पुनले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण लिने कार्यक्रम रहेको छ । सपथग्रहण कार्यक्रम दिउँसो २ बजेलाई तय गरिएको राष्ट्रपतिका सहयोगी सुभाष देवकोटाले जानकारी दिए । व्यवस्थापिका संसदमा उपराष्ट्रपति चयनका लागि शनिबार भएको निवार्चनमा पुनले पुनले तीन सय २५ मत ल्याएका थिए । पुनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार अमियकुमार यादवले दुई सय १२ मत प्राप्त गरे । उक्त मतका आधारमा पुन उपराष्ट्रपतिमा निर्वाचित भएको व्व्यवस्थापिका संसद बैठकमा सभामुख ओनसरी घर्तीले घोषणा गरेकी थिइन् । व्यवस्थापिका(संसद्मा हाल पाँच सय ९७ जना सांसद रहेका छन् । तीमध्ये निर्वाचनमा पाँच सय ४७ सहभागी भएका थिए । तराई मधेसमा आन्दोलनमा रहेका मधेसवादी दलले भने निर्वाचनमा भाग लिएका थिएनन् । निर्वाचनमा १० मत बदर भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्