नेभिगेशन
अन्य

पेट्रोल सभापति, ग्यास सिलिण्डर प्रमुख अतिथि

काठमाडौं । शनिबार बनेपामा अचम्मको दृश्य देखियो । अतिथि आसन ग्रहण गराउन राखिएका कुर्सीमा पेट्रोललाई सभापतिको आसनग्रहण गराइयो । ग्यासको सिलिण्डर प्रमुख अतिथि बन्यो । मिनिरल वाटरको बोतलमा भरिएको डिजेल विशेष अतिथि र मट्टितेल अतिथिको रुपमा रहे । जारी इन्धन अभावको सांकेतिक विरोध र सरकारको ध्यानाकर्षण गर्न आयोजित देउसी भैलोको दृश्य हो । श्रीकृष्ण म्युजिक प्रालिको आयोजना भएको कार्यक्रममा लोकगायक मच्छेश्वर सापकोटा, गायक रामहरि न्यौपाने, श्रवण रिमाल र शर्मिला श्रेष्ठले देउसीको भाकामा इन्धन उपलब्ध गराउन नसकेकोमा सरकार, दल र तीनका नेतालाई व्यङ्ग्य मिश्रित भावमा अनुरोध गरे । ए भन मेरा भाइ हो।।।।। भन्दैनौं के कति खान्छौ।।।। खाँदैनौं म मागी दिउँला।। चाँहिदैन के चाहिन्छ भन।।। इन्धन देऊ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्