नेभिगेशन
अन्य

उद्योगसंग भएको सिडिण्डर फिर्ता नभएसम्म डिलरले ग्याँस बितरण नगर्ने

काठमाडौं । पूर्वसहमति अनुसार काठमाडौं उपत्यकामा सञ्चालित दर्जनबढी ग्यास उद्योगले ग्यास भरिएको सिलिण्डर डिलरहरुलाई उपलब्ध नगराउँदा शनिबार ग्यास वितरण हुन नसकेको ग्यास विक्रेता महासंघ नेपालले जनाएको छ । कात्तिक १० गते वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरोकारवा पक्षसम्मिलित बैठकले उद्योगहरुले उपत्यकाका करिब ८ सयको संख्यामा रहेका डिलरहरुलाई ७ दशमलव १ किलोग्राम तौल आधा सिलिन्डर ग्यास उपलब्ध गराउने सहमति भएको थियो । उक्त सहमतिअनुसार ग्यास पाउने आशामा विभिन्न उद्योगका सिलिन्डर प्रयोग गर्ने उपभोक्ताले आ–आफ्ना नजिकका डिलरहरुमा सिलिन्डरको लाइन राखे पनि ग्यास पाउन छैनन् । ‘उद्योगले डिलर मार्फत नै ग्यास बिक्री वितरण गर्ने हो भने उद्योगसँग भएका लाखौं सिलिण्डर तत्काल फिर्ता गर्ने वातावरण मिलाइदिन सरकारसँग जोडदार माग गर्दछौं,’ महासंघका निमित्त अध्यक्ष अर्जुनप्रसाद देवकोटाले भने। नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्