नेभिगेशन
अन्य

काँग्रेस केन्द्रीय समितिको बैठक आजदेखि

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव क्रृषिकेश तिवारीले पछिल्लो समयमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत पदमा पार्टीले दिएको उम्मेदवारीका बारेमा बैठकमा छलफल हुने बताए । यस्तै मधेस आन्दोलन र भारतले लगाएको अघोषित नाकाबन्दी एवम् पार्टीको १३ औँ महाधिवेशनका बारेमा समेत बैठकमा छलफल हुनेछ । महाधिवेशनको तयारीका लागि बिभिन्न समितिहरु बनाउने बिषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्