नेभिगेशन
अन्य

साताको नेप्से २९ अङ्कले घट्यो

काठमाडौँ । निरन्तर तराई मधेस बन्द तथा भारतको अघोषित नाकाबन्दीका कारण मुलुकका सबै क्षेत्रमा नकारात्मक असर परेको छ । बन्दसँगै आक्रान्त भएको अर्थतन्त्रको मुख्य सूचक पूँजीबजारमा पनि नकारात्मक असर परेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । अघिल्लो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९।४१ अङ्कले घटेको थियो । केही सातादेखि नेप्से परिसूचक निरन्तर ओरालो लाग्दै आएको नेप्स यो साता पहिलो दिनको तुलनामा २९.०१ अङकले घटेको हो । यस साता नेपाल स्टक एक्सचेन्जमा ११६ कम्पनीको पाँच ६४७ कारोबारबाट रु ८० करोड ४४ लाख ३५ हजार बराबरका १३ लाख २७ हजार २८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । यो साता वाणिज्य बैंक समूहमा ३३.१, विकास बैंकका २५.१८, वित्तमा ६.४६, होटलमा ५१.६९, जलविद्युत्मा २६.१९ र बिमा समूहको परिसूचकमा १४७ अङ्कले गिरावट आएको छ भने उत्पादन र व्यापारको परिसूचकमा कुनै परिवर्तन भएको छैन । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ६.४० अङ्कले घटेर २३५.८३ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक अग्रस्थानमा रहेको छ । कारोबार भएको सेयर सङ्ख्याको आधारमा पनि नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याको आधारमा वरुण हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार नभएको स्टक एक्सचेन्जले उल्लेख गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्