नेभिगेशन
अन्य

उपराष्ट्रपति निर्वाचनको मतदान सकियो, ५४६ मत खस्यो

काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि भएको मतदान सकिएको छ । जम्मा ५४६ मत खसेको छ । केहीबेरमा मत गणना सुरु हुनेछ । मतदान लगभग सकिएको र ५४६ मत खसेको सत्तारुढ उम्मेदवारका प्रतिनिधि एमाले सभासद रेवतीरमण भण्डारीले जानकारी दिए । राष्ट्रपति चुनावमा ५४९ मत खसेको थियो । तर, यो पटक तीन मत कम परेको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि विद्या भण्डारीले सांसद पदबाट राजीनामा दिइसकेकी छन् । एमालेका सभासद प्रभादेवी बज्रचार्य पार्टीलाई जानकारी गराएरै विदेश भ्रमणमा गएका छन् । राष्ट्रपति चुनावमा मतदान गरेकी माधवी रानी साह यो पटक मतदानमा सहभागी भइनन् । यसअघि राष्ट्रपति चुनावमा भाग नलिएको मधेसी मोर्चाका सभासदहरु उपराष्ट्रपति निर्वाचनमा पनि अनुपस्थित भएका छन् । उपराष्ट्रपतिका लागि सत्तारुढ गठवन्धनका नन्दकिशोर पुन पासाङ र कांग्रेसका अमियकुमार यादव चुनावी मैदानमा छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्