नेभिगेशन
अन्य

मोर्चासँग दर्जनभन्दा बढी चरणमा वार्ता, परिणाम शुन्य

काठमाडौं । सुशील कोइराला नेतृत्वको सरकार र वर्तमान केपी ओली सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग दर्जनभन्दा बढी चरणमा वार्ता गरिसकेका छन् । तर परिणाम शुन्य हात लाग्ने गरेको छ । बिहीबार सिंहदरबारमा निर्णायक हुने भनिएको सरकार–मोर्चा वार्तामा पनि त्यस्तै निरस र निष्फल दृश्यावली दोहोरियो ।सत्तारुढ नेताहरुका अनुसार कुनै चमत्कार नभए आइतबार हुने भनिएको वार्ता पनि निष्कर्षविहीन हुने पक्कापक्की देखिन्छ । अढाई महिनायता मधेसमा जारी आन्दोलनले जनजीवन अस्तव्यस्त छ । संविधान जारी भएको भोलिपल्टदेखि मधेसी असन्तुष्टिलाई कारक देखाउँदै भारतको अघोषित नाकाबन्दी चालू छ । र, त्यसैको भोलिपल्ट अर्थात् असोज ५ देखि सरकार–मोर्चा वार्ता पनि निरन्तर छ । तै पनि किन फलदायी भइरहेको छैन वार्ता रु यसको जरो खोज्दै गयो भने संघीय प्रदेशको सीमांकनप्रति मधेसी असन्तुष्टी बुझ्न सकिन्छ । मोर्चाले मेचीदेखि महाकालीसम्मको समथर भूभागलाई पहाडसग नजोडिने गरी दुई प्रदेश हुनुपर्ने बटमलाइन राखेको छ । सरकारमा रहेका दलहरु र प्रमुख प्रतिपक्षी कांग्रेस दुवैले त्यसलाई अस्वीकार गर्दैआएका छन् । ठिक यही बुँदामा पुगेपछि वार्ता शृंखलाको हलो अडने गरेको छ । त सरकारी वार्ता टोलीका संयोजक परराष्ट्रमन्त्री कमल थापा भन्ने गर्छन्, आठ आठ वर्षदेखि समाधान नभएको संघीयताको विवाद कहाँ हामीले एकाध महिनामै सुल्झाउन सक्नुु थापा थप्छन्, हामी अन्य बुँदाहरु सहमतिका आधारमा टुंग्याउन सहमत नै छौं । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्