नेभिगेशन
अन्य

सुरक्षा परिषदमा नाकाबन्दीपछिको संकटबारे छलफल हुने

काठमाडौं । नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे चासो राख्दै संयुक्त राष्ट्र संघका राजनीतिक मामिला हेर्ने उपमहासचिव जेफ्रे फेल्टमेनले प्रधानमन्त्री केपी शर्मा ओली र निर्वतनमान प्रधानमन्त्री सुशील कोइरालासँग टेलिफोन संवाद गरेका छन् । सुरक्षा परिषद् बैठकमा नेपालको मानवीय संकटको विषयमा छलफल हुनु अघि उनले संवाद गरेका हुन् । सुरक्षा परिषद् बैठकमा यस्ता संकटबारे छलफलहरु हुने गरेपनि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग भारतीय नाकाबन्दीका कारण परेको मानवीय समस्याबारे आवाज उठाउन सकेको छैन । पारवहान असहज भएको र छिमेकी भारतसँग छलफल भइरहेको मात्र बताउँदै आएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्