नेभिगेशन
अन्य

राज्यलक्ष्मीको चन्दा प्रकरणमा अख्तियारको छानबिन

काठमाडौं । विभिन्न नेता तथा व्यक्तिलाई करोडौं रुपैयाँ दिएको अभिब्यक्ति दिने एमाले सांसद राज्यलक्ष्मी गोल्छामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ । अख्तियारले करोडौं रुपैयाँ दिने गोल्छाको सम्पत्तिको स्रोतमाथि गम्भीर छानबिन गर्ने भएको हो । गोल्छा अर्गनाइजेसनकी सदस्यसमेत रहेकी एमाले सांसद गोल्छाले केही दिनअघि पत्रकार सम्मेलन गरी एमालेका विभिन्न नेता तथा कार्यकर्तालाई करोडौं रुपैयाँ दिएको तथ्थ सार्वजनिक गरेकी थिइन । अख्तियारले गोल्छासँग रकम लिएका भनिएका नेता तथा कार्यकर्तामाथि पनि छानबिन गर्देछ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्