नेभिगेशन
अन्य

उपराष्ट्रपति निर्वाचन आज, यादव र पुन मैदानमा

काठमाडौं । उपराष्ट्रपति चयनका लागि व्यवस्थापिका संसदमा आज मतदान हुँदैछ । उक्त पदका नेपाली कांग्रेसका उम्मेद्वार अमियकुमार यादव र सत्तारुढ गठबन्धनका उम्मेद्वार एकीकृत नेकपा माओवादीका नन्दकिशोर पुन बीच प्रतिस्पर्धा हुँदैछ । शुक्रबार संसद सचिवालयले निर्धारण गरेको समयमा चार जनाको उम्मेद्वारी दर्ता भए पनि दुई जनाले मनोनयन फिर्ता लिएपछि पासाङ र यादवबीच प्रतिष्पर्धा हुन लागेको हो । संसदमा हाल कायम रहेको संख्या पाँच सय ९७ अनुसार उपराष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा दुई सय ९९ मत आवश्यक पर्छ । राष्ट्रपतिमा जस्तै उपराष्ट्रपति पदका लागि पनि सांसदले गोप्य मतदान गर्नेछन् । बिहान ११ बजेदेखि अपरान्ह दुई बजेसम्म मतदान हुनेछ । मतको परिणाम भने साँझ पाँच बजेको संसद बैठकमा प्रस्तुत हुनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्