नेभिगेशन
अन्य

पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलमाथि गोली हान्ने प्रयास

काठमाडौं । पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलमाथि गोली हान्ने प्रयास भएको छ। नवलपरासीस्थित बडहरा दुवौलिया गाविसमा कार्यकर्तासँग बसिरहेको बेला उनीमाथि २ जना आएर गोली हान्न लागेका थिए । गोली हान्न लाग्दा उनको अंगरक्षकले बचाएका छन् । पेस्तोल ताक्नेलाई अंगरक्षकले ढलाएको प्रहरीले जनाएको छ । आज दिउँसो साढे एक बजेतिर उनीमाथी आक्रमण भएको थियो । पक्राउ पर्नेहरुमा भारत महाराजगंज ठुटीवारी बस्ने ४२ बर्षीय उज्वल बर्तौला र भारत राजावारी बस्ने ४२ बर्षीय योगेन्द्र पटनवार रहेका छन् । युपी ५३ ए ९८५६ नम्वरको भारतीय नम्बरको मोटरसाइकलमा आएका उनीहरुले व्यक्तिगत कामको शिलशिलामा त्यहाँ गएका कँडेललाई ६ राउण्ड लोड भएको रिभल्वरबाट गोली प्रहार गर्न खोजेका थिए । स्थानियवासीको सहयोगमा अंगरक्षक प्रहरी नायव निरीक्षक दिपक घिमिरेले हतियार खोसी दुवैजनालाई नियन्त्रणमा लिएका थिए । उनीहरुले प्रयोग गरेको मोटरसाइकल स्थानियवासीले आगजनी गरेर क्षति बनाएका छन् । काँग्रेस नेतासमेत रहेका उनी गृहराज्यमन्त्री हुँदा नेकपा माओवादीका नेताहरुको टाउकाको मोल तोकेका कारण नेकपा माओवादीले २०६० भदौमा ललितपुरको कुसुन्तिमा गोली प्रहार गरेको थियो । १७ राउण्ड प्रहार गरिएका गोलीमध्ये ७ राउण्ड उनलाई लागेको थियो भने अझैपनि एउटा गोली छातिबाट निकालिएको छैन । विस २०५४ र २०५६ मा गरि उनी दुईपटक गृह राज्यमन्त्री भएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्