नेभिगेशन
अन्य

उपराष्ट्रपतिमा चार जनाको उम्मेद्वारी दर्ता

काठमाडौं । उपराष्ट्रपति पदमा सत्तारुढ गठबन्धन विपक्षी सहितका चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपराष्ट्रपतिमा नेपाली कांग्रेसका अमियकुमार यादव, स्वतन्त्र सांसद अतहर कमाल मुसलमान र नेपाल परिवार दलका केन्द्रीय सदस्य दयाराम कँडेलको उम्मेद्वारी दर्ता भएको छ। त्यसैगरि सत्तारुढ गठबन्धनबाट माओवादी लडाकुका पुर्व कमाण्डर नन्दकिशोर पुनको उमेदवारी दर्ता भएको छ । प्रधानमन्त्री तथा राष्ट्रपति निर्वाचनमा परिवार दलले सत्तारुढ दलका उम्मेद्वारलाई सहयोग गरेको थियो। तर, अहिले उसले आफ्नै उम्मेद्वार उठाएको छ। परिवार दलका अध्यक्ष एकनाथ ढकालले सत्तारुढ दलले समयमै निर्णय गर्न नसकेका कारण आफूहरुले उम्मेद्वारी दिएको बताए। उनले आफ्नो दलको उम्मेद्वारी फिर्ता नहुने भन्दै सबै दलसँग सहयोगको आग्रह गरिने बताए। अतहर कमाल मुसलमानले पनि उपराष्ट्रपतिमा उम्मेद्वारी दर्ता गराएका छन्। उनलाई सहयोग गरेका अखण्ड नेपाल पार्टीका सभासद कुमार खड्काले संधिवानले समानुपातिक समावेशीताको सिद्धान्तलाई स्विकार गरेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्न मुलसमानलाई सहयोग गरेको बताए। ‘ठुला नेताहरु मुलुकको समस्या समाधानप्रति जिम्मेवार देखिएनन्,’ खड्काले भने,‘तराईबाट निर्वाचित सांसद र समावेशीताको हिसावले पनि हामीले उहाँलाई सहयोग गरेका हौं।’ यसअघि मुसलमान, खड्का अर्का सहयोग लोकमणि ढकालले कांग्रेस उम्मेद्वारलाई सहयोग गरेका थिए। मुलसमानको उम्मेद्वारी फिर्ता भएन भने नेपाली कांग्रेसका उम्मेद्वारको भेट काटिने छ भने परिवार दलका उम्मेद्वारको उम्मेद्वारी फिर्ता भएन भने सत्तारुढ दलका उम्मेद्वारीको भोट काटिने छ। स्रोतका अनुसार परिवार दल र मुसलमानको उम्मेद्वारी फिर्ता हुने संभावना छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्