नेभिगेशन
अन्य

सुरक्षा निकायको पेट्रोल पम्पमा अत्यधिक तेल मौज्दात

काठमाडौं । नेपाल आयल निगमले सुरक्षा निकायका पेट्रोल पम्पलाई अन्य पम्पको तुलनामा बढी इन्धन दिए पनि सर्वसाधारणलाई वितरण नगर्ने गरेको पाइएको छ । तीनवटै सुरक्षा निकायका पम्पले सुरक्षा मौज्दातका नाममा अधिक इन्धन मौज्दात राखेको फेला परेको छ । सुरक्षा निकायका पम्पले सरकारी सवारीसाधन र पहुँचवाला व्यक्तिलाई मात्रै इन्धन वितरण गरेको गुनासो बढ्दै गएको छ । आयल निगमबाट स्वीकति लिएर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनवटै सुरक्षा निकायले कल्याणकारी कोषमार्फत पेट्रोल पम्प सञ्चालन गरिरहेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्