नेभिगेशन
अन्य

चीनसँग समझदारीपछि आईओसीले इन्धन बढायो

काठमाडौं । चीनबाट पनि इन्धन ल्याउन समझदारी भएको भोलिपल्टै भारतीय आयल कर्पोरेसन्सले भारत गएका अधिकांश ट्यांकरमा पेट्रोलियम पदार्थ भरिदिएको छ । नेपाल आयल निगमका अनुसार बिहीबार इन्धन ल्याउन भारत गएका १ सय ८ मध्ये ८३ ट्यांकरमा आईओसीले इन्धन भरिदिएको हो । ‘केही दिनअघिको तुलनामा आपूर्ति बढाएको छ,’ निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र शाहले भने । ती ट्यांकर सिलगढी, बेतालपुर, बरौनी र गोन्डामा लोड भएका हुन् । एक महिनायता आईओसीले आवश्यकताको १० प्रतिशतमात्रै इन्धन दिँदै आएको थियो । निगमका अनुसार बिहीबार ९ ट्यांकर पेट्रोल, ६७ ट्यांकर डिजेल र ७ ट्यांकर हवाई इन्धन भरिएका छन् । भन्सारमा अवरोध नभए सबै ट्यांकर नेपाल भित्रिनेछन् । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्