नेभिगेशन
अन्य

इन्धन अभावमा जनता भोकै, प्रधानमन्त्री ओली भने भोज गर्दै

काठमाडौं । भारतको नाकाबन्दीसँगै इन्धन संकटले चुलो नबलेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने राज्यकोषको पैसा खर्च गरेर दलका नेता तथा सांसदलाई भोज खुवाएका छन् । प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन भएको खुसीमा दलका नेता र सांसदलाई सरकारी निवासमा भोज दिएका हुन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित भब्य भोजमा सत्तारुढ दल र प्रतिपक्ष दलका नेतासमेत गरी करिव ६ सय जनाजति उपस्थित थिए । सहयोगीहरुलाई धन्यबाद दिन ओलीले निजी खर्चमा भोजको आयोजना गरेका हुन् । नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्