नेभिगेशन
अन्य

उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं । संघीय गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिका लागि शुक्रबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । संसद् सचिवालयका अनुसार सो पदका लागि आ बिहान १० बजेदेखि अपराहृन १ बजेसम्म उम्मेदवारी दर्ता गराउने निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । उपराष्ट्रपति पदका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट अमियकुमार यादव उम्मेद्वार छन् भने सत्तारुढ दलका तर्फबाट एमाओवादी पुर्व लडाकु कमाण्डर नन्दकिशोर पुनको नाम अगाडि ल्याउने तयारी भएको छ । उम्मेद्वारी दर्ता भएपछि दिउँसो साढे एक बजे उम्मेदवारको वर्णानुक्रमानुसारको नामावली प्रकाशन गरिनेछ । दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी विरोध, साढे २ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने र ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । शनिबार बिहान ११ बजेदेखि अपराहृन २ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा गोप्य मतदान गरिनेछ । राष्ट्रको दोस्रो उच्च मर्यादाक्रममा रहेको उपराष्ट्रपतिको निर्वाचनसँगै महत्वपूर्ण पदमा निर्वाचनको क्रम सम्पन्न हुनेछ । शनिबार अपराहृन साढे २ बजेदेखि मतगणना गरिने र साँझ ५ बजे बस्ने संसद्को बैठकमा सभामुखबाट उपराष्ट्रपतिको मत परिणामसँगै निर्वाचित भएको घोषणा हुनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्