सिड्नी । अष्ट्रेलियको सिड्नीमा नेपालीहरुका माझमा ख्याती कमाएको थकाली खाना सहितको रष्टुरेष्ट संचालनमा आएको छ । निकट भविश्यमा ब्रेक फास्ट समेत उपलब्ध गराउने गरि संचालनमा आएको साझा चौतारी रेष्टुरेण्टले अहिले सम्म सवै खाले रेष्टुरेण्टहरु सिड्नीमा भएपनि थाकाली खानाको स्वाद नभएकाले सो पुरा गर्ने लक्ष्य लिएको संचालकहरुले बताएका छन् । थाकाली खानका अतिरिक्त नेपालको पुर्व देखि पश्चिम सम्म पाइने सवै प्रकारका परिकारहरु पाइने बताइएको छ । थकाली खानामा पनि थकाली सेट र ढिडोमा धेरैको रुचि रहेको पाइएकाले सिड्नीको आवश्यकता हेरेर यो साझा चौतारी टिपिकल नेपाली नाममा यो रेष्टुरेण्ट संचालनमा आएको हो ।
रेष्टुरेण्टले पक्का नेपाली स्वादका लागि एक पटक हामी कहाँ आउनुस, स्वादीष्ट खाना खानुहोस , हामी तपाईलाई संतुष्ट बनाएर पठाउछौ भन्ने लक्ष्य लिएको संचालक मध्यका मञ्जु गौतमले जानकारी दिनुभयो । रेष्टुरेण्टले बिहान १२ वजे देखि ४ वजे सम्म लन्च र साँझ ६ वजे देखि १० वजे सम्म डिनर खान पाइने बताइएको छ । निकट भविश्यमा नै ब्रेकफाष्ट पनि उपलब्ध गरिने संचालकहरुले जनाएका छन् । संचालनमा आएको उपलक्ष्यमा १५ प्रतिशत डिस्काउण्ट गरिएको संचालकले जनाएका छन् ।