सिड्नी । लायन्स क्लब अफ सिड्नी हिमालय नेपालले सिड्नीमा दशैं तिहार महोत्सवको आयोजना गर्ने भएको छ । सिड्नीको उडवीन नाइवरहुड सेन्टरमा हुने महोत्सवमा मनोरन्जनत्मक साँझ तथा डिनरको समेत आयोजना गरिएको लायन्स क्लब अफ सिड्नी हिमालय नेपालका अध्यक्ष जसमान सेठ्ठीले जानकारी दिए । सो महोत्सवबाट संकलन भएको पैसाले नेपालका भुकम्प पिडितहरुको सहयोगका खर्च गरिने बताइएको छ । महोत्सवको टिकट तथा थप जानकारीका लागि सुवास अर्याल (०४५२४९८५२८), मदन राउत (०४५०५६०८२३), जसमान सेठ्ठी (०४३२७१२९०३), राजन पाठक (०४३२४४९१९२), मोहन बराल (०४०६१२९१९१), शेखर महाजन (०४०८१४४४११) र पिताम्बर सुवेदी (०४२२८८७५४५) मा सम्पर्क गर्न लायन्स क्लब अफ सिड्नी हिमालयले आग्रह गरेको छ ।